
एजेन्सी । भारतमा फेरि भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ३ बजेर ४२ मिनेटमा भारतको पञ्जाबको अमृतसरमा भूकम्पको धक्का महसुस भएको थियो । रिक्टर स्केलमा यसको ४.१ मापन गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको गहिराई जमिनमुनि १२० किलोमिटरसम्म थियो । अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको विवरण प्राप्त भएको छैन।
शनिबार नेपालमा गएको ५.४ म्याग्निच्युडको भूकम्पका कारण दिल्ली र एनसीआरदेखि उत्तराखण्डसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । उत्तराखण्डको पिथौरागढबाट १०१ किलोमिटर पूर्व–दक्षिणपूर्वमा भूकम्प गएको थियो । हिमाचल प्रदेश, उत्तराखण्ड र बिजनौर, मुजफ्फरनगर र शामली सहित पश्चिमी उत्तर प्रदेशका अन्य जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो।
यसअघि शनिबार साँझ ४ बजेर १५ मिनेटमा उत्तराखण्डमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केन्द्रबिन्दु पौरी गढवाल क्षेत्रमा रहेको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार उत्तराखण्ड–नेपाल सीमा जोडिएको हिमाली क्षेत्रमा नोभेम्बर ८ देखि १२ सम्म फरक–फरक तीव्रताका कम्तीमा ८ वटा भूकम्प गएका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सिलाङ सहरबाट तीन किलोमिटर टाढा रहेपनि भारत, चीन र नेपालमा यसको धक्का महसुस गरिएको थौरागढ प्रकोप व्यवस्थापन अधिकृत बीएस महरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस