aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ कार्तिक २०७९
तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा
NIBL

काठमाडौं । आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले आज एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो ।
 
त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस