
काठमाडौं । प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्री थापाको बुधबार उपचारका क्रममा निधन भएपछि सरकारले बिहीबार १ नं. प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।
गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।
प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।
प्रदेशसभाको उम्मेदवार रहेका थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा नयाँ उम्मेदवारी मनोनयन गर्नको लागि नेपाली कांग्रेसलाई आज र भोलीको समय दिएको छ ।
प्रतिक्रिया दिनुहोस