aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

प्रदेश १ मा बिहिबार सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ कार्तिक २०७९
प्रदेश १ मा बिहिबार सार्वजनिक बिदा
NIBL

काठमाडौं । प्रदेश १ मा कात्तिक २४ गते बिहिबार समर्वजनिक विदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ ले एक सूचना जारी गर्दै भोली सार्वजनिक विदा दिने जानकारी दिएको हो । 

सूचनामा भनिएको छ, ‘प्रदेश सरकार, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय प्रदेश १ का मन्त्री शेखर चन्द्र थापाको निधनको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा कात्तिक २४ गते बिहिबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने प्रदेश सरकारबाट निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

प्रतिक्रिया दिनुहोस