aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

तीन महिनामा ८७ अर्ब लगानीका ८६ उद्योग दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
तीन महिनामा ८७ अर्ब लगानीका ८६ उद्योग दर्ता
NIBL

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ८७ अर्ब भन्दाबढि लगानीका ८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार स्वदेशी र विदेशी गरी ८७ अर्ब ८५ करोड रुपैयाँ लगानीका ८६ वटा दर्ता भएका हुन् । 

विभागका अनुसार दर्ता भएका उक्त उद्योगहरुबाट ५ हजार ९३५ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ । दार्त भएका उद्योगहरुमध्ये २ अर्ब २४ करोड रुपैयाँ लगानीका १९ वटा उद्योग रहेका छन् । प्रस्तावित विदेशी लगानीका परियोजनाका उद्योगबाट १ हजार ४३ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ । 

यस अवधिमा दर्ता भएका उद्योगमा ठुला उद्योग २६ वटा, मझौला उद्योग ३१ वटा र  साना उद्योग २९ वटा रहेका छन् । त्यस्तै, ट्रेडमार्क दर्ता संख्या ९३१ वटा, डिजाइन दर्ता संख्या ६ वटा र प्यान्टेन्ट दर्ता संख्या एक रहेको छ । विभागका अनुसार ट्रेडमाक सम्बन्धी मुद्दा कारवाहीको संख्या १२ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस