नेपाल प्रहरीमा जवानदेखि खेलाडीसम्म तीन हजार आठ सय जनाको लागि जागिर खुल्यो - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

नेपाल प्रहरीमा जवानदेखि खेलाडीसम्म तीन हजार आठ सय जनाको लागि जागिर खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
Sunrise bank
नेपाल प्रहरीमा जवानदेखि खेलाडीसम्म तीन हजार आठ सय जनाको लागि जागिर खुल्यो
LBEF

काठमाडौँ । जनपथ प्रहरीतर्फ विभिन्न तीन हजार आठ सय ३१ पदका लागि आवेदन खुलेको छ। 

जनपथले प्रहरी जवानतर्फ तीन हजार ९६ आवेदन मागेको छ  । जस मध्य खुल्ला तर्फ एक हजार ९३८, अशक्त प्रहरी परिवार ७२, आरज ५०७ मधेसी ४४४, महिला ३१७, दलित २३८, पिछडिएको क्षेत्रमा ८० जनाको आवेदन माग गरेको हो ।

सबै पदमा खुल्ला तथा समावेशी कोटासहित माग गरिएको आवेदनमा प्रहरी कार्यालय सहयोगी तर्फ भान्छे ९७, हजाम ६, कुचीकार ११ र  खेलाडीहरू १३ जनाको समेत आवेदन माग भएको छ।

दरखास्त फारम भाद्र ९ गते देखि आश्विन १३ गते सम्म सार्वजनिक बिदाका दिन बाहेक भर्न सकिने प्रधान प्रहरी कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस