बजाजको चाडपर्व अफर एक लाखसम्मको 'सियोर सट डिस्काउन्ट' - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

बजाजको चाडपर्व अफर एक लाखसम्मको 'सियोर सट डिस्काउन्ट'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
बजाजको चाडपर्व अफर एक लाखसम्मको 'सियोर सट डिस्काउन्ट'
LBEF
NCH-IPS

काठमाडौं ।  दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलले “अब कति जितिन्छ पहिल्यै देखिन्छ” भन्ने नारा सहित “बजाज भविष्यवाणी” सार्वजनिक गरेको छ । 
बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ । 

बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन् । 

यस योजना अन्तर्गत ग्राहकहरुले ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् । 

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि बजाज भविष्यवाणी उत्तम रहेको छ ।

यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्नेछन् । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”  

प्रतिक्रिया दिनुहोस