व्यावसायिक फर्मबाट ७ लाख जरिवाना असूल - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

व्यावसायिक फर्मबाट ७ लाख जरिवाना असूल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
व्यावसायिक फर्मबाट ७ लाख जरिवाना असूल
LBEF
NCH-IPS

काठमाडौं । चालु आर्थिक वर्ष वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा व्यावसायिक फर्मलाई ७ लाख बराबरको जरिवाना गराएको छ ।

भदौ पाँच गतेसम्म उपत्यका र उपत्यका बाहिरका ९३ वटा व्यवसायिक फर्महरु मध्ये ४६ वटा व्यवसायिक फर्महरुलाई ७ लाख बराबरको जरिवाना गराएको हो । 

साउन महिनामा मात्र ८८ वटा व्यावसायिक र्फमहरु अनुगमन गरिएको छ । तिमध्ये ८४ वटा उपत्यका भित्र र ४ वटा उपत्यका बाहिर अनुगमन गरिएको निर्देशक शोभाकर रेग्मिले बताए । अनुगमनको लागि २६ वटा टोली खटिएको रेग्मिले जानकारी दिए ।  

त्यस्तै विभागको नेतृत्वमा  आर्थिक वर्ष २०७५/७६मा १६ सय ६१  व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले उपत्यकाभित्र मात्रै १४ सय १२ वटा फर्मको अनुगमन गरेको छ भने बाँकी २ सय ६० व्यापारिक फर्म काठमाडौं उपत्यका बाहिराका रहेका छन् ।

विभागले साउनमा २१३ वटा, भदौमा १९८, असोजमा ३३७, कात्तिकमा ८१, मंसिरमा २६३, पुसमा १९६, माघमा ५९, फागुनमा ३४ वटा चैतमा ८६, वैशाखमा ६८, जेठमा ५९ र असारमा ६६ वटा व्यापारिक फर्मको अनुगमन गरेको जनाएको छ । 

अनुगमनका क्रममा व्यापारी फर्ममा देखिएको कैफियतमा विभागले जरिवाना गर्दा लगभग ३८ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । 

बिहीबार उपभोक्तावादी र पत्रकारसंग छलफल गर्ने क्रममा विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमनको कार्य ग¥यौ फाइलको केश थाहा नभएको अपारदर्शि भएका कारण हरेक फाइल अनुसन्धान र अनुगमनको फाइल कहाँ पुग्यो भनेर स्पष्ट पार्नको लागि उपभोक्ता गुनासो एप ल्याउने भएको बताए । गत बर्ष नै ल्याउने भनिए पनि ल्याउन नसकिएको तर चालु आर्थिक बर्ष सफ्टयर ल्याउने बताए । गौचनले भने, ‘मुल्य वृद्धिको कुरा गर्ने हो भने विचौलीयाले गर्दा मात्र मुल्य वृद्धि नभएर आपूर्ति कम हुनु हो ।’

प्रतिक्रिया दिनुहोस