पूँजीगत लाभकर गणना विधि विवाद, सिडिएससँग स्पष्टिकरण माग - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

पूँजीगत लाभकर गणना विधि विवाद, सिडिएससँग स्पष्टिकरण माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
पूँजीगत लाभकर गणना विधि विवाद, सिडिएससँग स्पष्टिकरण माग
LBEF
NCH-IPS

काठमाडौं । पूँजीगत लाभकर गणना प्रकृयाको विवाद सुल्झाउन भएको ढिलाईप्रति नेपाल धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएस)लाई स्पष्टिकरण सोधेको छ । बोर्डले हाल भईरहेको काजगी गणना प्रक्रिय थप सहज बनाउन सिडिएससँग स्पष्टिकरण माग गरेको बोर्डले जनाएको छ । 

साउन १ गतेदेखि भारित औषत लागतको आधारमा पूँजीगत लाभकर गणना गर्न स्पष्ट आधार नभएको अवस्थामा स्वयमं लगानीकर्ताहरुले नै भारित औषत लागत निकालेर दिनुपर्ने अवस्था रहेको छ ।प्रविधिमैत्री भनेर प्रचार गरेको पूँजीवजारमा पुँजीगत लाभकर गणनाको कागजी प्रक्रियालाई लगानीकर्ताले स्वीकार गरेका छैनन । 

आम लगानीकर्ताको असन्तुष्टिपछि बोर्डले लाभकर गणनाको विधिलाई सहज बनाउन स्पष्टिकरण माग गरेको हो । यसका लागि साउन २४ गते बोर्डले सिडिएसलाई निर्देशन दिएको थियो । निर्देशन दिएको ११ दिन वितिसक्दा समेत सो व्यवस्था कार्यान्वयनमा नआएकाले बोर्डले स्पष्टिकरण माग गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस