साताको अन्तिम कारोबारमा पनि नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com सोमबार, ०२ मंसिर २०७६   Monday, 18 November, 2019
 
Bajaj_Bike

साताको अन्तिम कारोबारमा पनि नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
साताको अन्तिम कारोबारमा पनि नेप्सेमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  घटेको छ । कारोबार शुरु भएपछि परिसूचक वृद्धि हुँदै गएको थियो । तर,  दिउँसो एक बजेतिरबाट निरन्तर ओरालो लाग्दै गएर नेप्से अन्ततः कारोबार बन्द हुँदा ०.९९ अंकले १२१३.०६ बिन्दूमा झरेको छ । बिहीबार कुल १७२ वटा कम्पनीको १० लाख ७७ हजार कित्ता शेयर २६ करोड १६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । 


यसदिन एनआईसी एसिया बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । यस बैंकको १ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै आज सबैको लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.९६ अंकले बढेको छ । साथै यस दिन सिर्जना फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.७४अंकले घटेको छ ।  आज कारोबारमा आएका समूहमध्ये होटल, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने.अन्य बाँकी समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन समूह ४२.०१ ले घटेको छ । 

प्रतिक्रिया दिनुहोस