हुन्डाईको नयाँ ‘हुन्डाई भेन्यु’ गाडी नेपालमा - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

हुन्डाईको नयाँ ‘हुन्डाई भेन्यु’ गाडी नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
हुन्डाईको नयाँ ‘हुन्डाई भेन्यु’ गाडी नेपालमा
LBEF
NCH-IPS

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यू गाडी नेपाल ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यू एक समारोहबीच सार्वजनिक गरेको हो  । 

हुन्डाई भेन्यू–३ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने भएको छ । १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी रहेको छ । जसको ८३ पीएस ४००० आरपीएम रहने तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको सर्वाधिक पावर १२० पिएस ६००० आरपीएमको रहने कम्पनीले जनाएको छ  । हुन्डाई भेन्यूले ७ स्पिड डीसीटीको पनि उपलब्धता दिने बताएको छ  । 


हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सन् रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेल ले सु–सज्जित छ । यसको आर १६ डायमण्ड कट एसोड पाङग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने भएको छ  ।  भेन्यूमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ । जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल सहितको लेड लाइटलगायतका विशेष छन् । 

हुन्डाई गाडीको यात्रा रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लमटर, ड्राईभर रे भ्यू मिरर, भेहिकल स्टेयिलिटी म्यानेमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र सुरक्षित यात्रा हुने कम्पनीको भनाइ छ ।  यसमा थप वाइरलेन्स फोन चार्जर, क्रुज कन्ट्रोल सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टर मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटोमोबाइल उत्पादक पर्दछ । 
 

प्रतिक्रिया दिनुहोस