aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

आफ्ना लगि भोट माग्ने यी उम्मेदवारले आफैंलाई मतदान गर्न पाउँदैनन्

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०५ कार्तिक २०७९
Prabhu Bank
आफ्ना लगि भोट माग्ने यी उम्मेदवारले आफैंलाई मतदान गर्न पाउँदैनन्
NIBL

मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा मकवानपुरमा उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई बलियो बनाउँदै आएका छन् ।

मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै आएका उम्मेदवारहरु आफैंले भने आफूलाई भोट हाल्न पाउने छैनन् । आफ्नो बसोबास स्थल अर्थात मतदान केन्द्र एकातिर आफ्नो उम्मेदवारी अनेत्र भएको कारण मकवानपुरबाट उम्मेदवार भएको केही उम्मेदवारहरुले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई खुसी पार्न मकवानपुरमा दलका उम्मेदवारहरू अगुवा कार्यकर्ता भेला, छलफल तथा अन्तक्रियामा व्यस्त छन् ।

आफ्नै पार्टीका कार्यकर्ताको मात्र नभई अरूको भोट कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा दलका नेता र उम्मेदवारहरू रणनीति बनाउन तल्लिन छन् । तर, अरूको भोट पाएर जित्ने दाबीका साथ हिँडिरहेका मकवानपुरका केही उम्मेदवारहरू आफैँलाई भने भोट हाल्न नपाउने अवस्थामा रहेका हुन् ।

मकवानपुर जिल्लाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा अन्तरगत उम्मेदवार रहेका रहेकाहरु मध्ये केहीको यस्तो अवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरमा कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये केहीले मतदाता नामावलीमा आफ्नो नाम भएकोभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।

मकवानपुरबाट आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरूमा विशेष गरी ठूला दलका उम्मेदवारहरू नै रहेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सत्तागठबन्धनकै एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले आफैँलाई मत हाल्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस