कुलेखानी तेस्रोबाट दशै अधिनै विजुली थपिदै, कूल ९२ मेगावाट नियमित उत्पादन - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

कुलेखानी तेस्रोबाट दशै अधिनै विजुली थपिदै, कूल ९२ मेगावाट नियमित उत्पादन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
कुलेखानी तेस्रोबाट दशै अधिनै विजुली थपिदै, कूल ९२ मेगावाट नियमित उत्पादन
LBEF
NCH-IPS

मकवानपुर । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । 

सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको काम र तारहरु जडान गर्नुपर्ने भएकाले केही दिनभित्रै चिनियाँ प्राविधिक टोली आइपुगेपछि तत्काल निमार्णकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणको उच्च पदाधिकारीहरुसँग समन्वय गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुवासबाबु मिश्रले बताए । 

नेपाल विद्युत् प्राधिकरणको  चार अर्ब ५० करोड रुपैयाँको लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न हुन लागेको हो । अहिले कुलेखानी प्रथमबाट ६० मेगावाट र कुलेखानी दोस्रोबाट ३२ मेगावाट गरी कूल ९२ मेगावाट नियमित विद्युत् उत्पादन हुँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस