aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

बीवाइडीको नयाँ शोरुम र नयाँ गाडी सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
Global IME
DHI
nmb

काठमाडौं । बीवाइडीको सुविधा सम्पन्न शोरुम र नयाँ गाडी सार्वजनिक गरिएको छ। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले सोमबार एक कार्यक्रम आयोजना गरी नक्सालमा नयाँ शोरुम संचालन र नयाँ विद्युतीय गाडी एट्रो ३ सार्वजनिक गरेको हो।

उक्त शोरुमको पूर्व बैंकर्स अनिलकेशरी शाह र बीवाइडी नेपालका ब्रान्ड–एम्बेस्डर तथा बारिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्तरूपमा उद्घाटन गरेका थिए। कम्पनीका अनुसार ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एट्रो ३ को मूल्य ८९.९ लाख रुपैयाँ रहेको छ । 

ब्याट्रीले फुल चार्जबाट ४२० किलोमिटर दूरीसम्मको रेन्ज दिने कम्पनीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ। यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ। यसलाई फास्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भने, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।

साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए । बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ ।

नयाँ मोडल एटो थ्री 
लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोवल मोडल हो । विश्वका करिब ७० देशमा विक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्व बजारमा सफलता पाउन सुरु गरिसकेको छ । बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो ।

 निकै प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मनपराउने मानिस बढ्दै गएका छन्। आधुनिक फिचरले भरिपूर्ण क्याविनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फङ्गशनल स्टेरिङ ह्वील रहेकोछ । म्यूजिक र स्पोर्टस्थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्टायडर्ड र लङ रेन्ज भेरियन्ट उपलब्ध रहेपनि अहिले नेपालमा स्टायडर्ड भेरियन्ट मात्रै उपलब्ध छ । एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । १८ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ । यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ । नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

सुरक्षाको लागि यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ । एडीएएस लेभल दुई बराबरको सुरक्षा फिचर यसमा उपलब्ध रहेको छ । 

प्रतिक्रिया दिनुहोस