ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगित - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
Sunrise bank
ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगित
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर) लाईसेन्स दिने प्रकृया स्थगित गरेको छ । नेप्सेले संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिबाट साउन ३० गते प्राप्त पत्रको आधारमा हाललाई ब्रोकर लाईसेन्सको प्रक्रिया स्थगित गरेको हो । 
अर्थ समितिले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा थप अध्ययन गर्न रामकुमारी झाँक्रीको संयोजकत्वमा उप समिति गठन गरी अध्ययन अघि बढाएको छ । साउन २९ गते प्रतिनिधी सभाको अर्थ समितीले समग्र पूँजी बजारबारे अध्ययन गर्न झाक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उक्त समितिलाई अध्ययनको लागि दुई महिनाको अवधि दिईएको छ । अध्ययन अवधिसम्म ब्रोकर लाईसेन्सको प्रकृया अघि नबढाउन नेप्सेलाई अर्थ समितिले पत्र पठाएको थियो ।
कार्यविधि अनुसार वाणिज्य बैंकका सहायक कम्पनीहरुले ब्रोकर सेवा सञ्चालनका लागि बैंकको शत प्रतिशत लगानी भएको र न्यूनतम चुक्तापूँजी रू. २ करोड भएको हुनुपर्ने व्यवस्था छ । ब्रोकर लाईसेन्सका लागि वाणिज्य बैंकका सहायक कम्पनीहरुले राष्ट्र बैंकबाट स्वीकृति लिएपश्चात नेप्सेमा निवेदन दिनुपर्नेहुन्छ । 
 

प्रतिक्रिया दिनुहोस