सरकार चिनी उद्योगीको ‘चक्रब्यूह’ मा पर्दा मारमा साल्ट ट्रेडिङ - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

सरकार चिनी उद्योगीको ‘चक्रब्यूह’ मा पर्दा मारमा साल्ट ट्रेडिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
Sunrise bank
सरकार चिनी उद्योगीको ‘चक्रब्यूह’ मा पर्दा मारमा साल्ट ट्रेडिङ
LBEF

काठमाडौं । सरकारको अपरिपक्क निर्णयका कारण सरकारको स्वामित्वमा रहेको कम्पनीले करोडौं रुपैयाँ नोक्सानी बेर्होेन बाध्य भएको छ । चिनी आयात गर्ने विषयमा सरकारले अपरिपक्क निर्णय गर्दा साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब साढे ६ करोड रुपैयाँ नोक्सानी भएको हो ।

सरकारलाई चिनी उद्योगीले गुमराहमा राखेर चिनीको आयातमा लगाइएको परिणात्मक बन्देजपछि साल्ट ट्रेडिङले अन्तर्राष्ट्रिय बजारबाट आयात गरेको करिब २५ सय मेट्रिक टन चिनी महिनौसम्म वीरगन्जस्थित सुख्खा बन्दरगाहमा थन्किँदा नोक्सानी भएको हो ।

गत वर्ष चाडवाडको समयमा चिनी आपूर्ति व्यवस्थालाई सहज बनाउन साल्ट ट्रेडिङले अन्तर्राष्ट्रिय बजारबाट ५ हजार मेट्रिक टन चिनी आयात गर्नका निम्ति २०७५ वैशाख २३ गते २१ लाख डलरको पतितपत्र ९एलसी० खोलेको थियो । सो एलसीबाट २०७५ भदौ ८ गते पहिलो चरणमा २ हजार ५ सय ५४ मेट्रिक टन चिनी नेपाल आइपुग्यो । तर, सरकारलाई चिनी उद्योगीले गलत सूचना दिएर दबाबमा पार्दा भदौ ३१ गते सूचना प्रकाशित गर्दै चिनीमा परिणात्मक बन्देज लगाइयो । 

बन्देज लाग्नु अगाडि नै एलसी खोलिएको र पहिलो चरणमा आधा चिनी आइसकेको सन्दर्भमा साल्ट ट्रेडिङले आयात गरेको बाँकी चिनीमा बन्देज नलाग्नुपर्ने थियो । तर, असोज २२ गते भन्सारमा आएको २ हजार ४ सय ४५ दशमलव ५ मेट्रिक टन चिनी आयातको सिमा नाघेको भन्दै भन्सारले रोकिदियो ।  चिनी उद्योगीको चक्रब्यूहमा परेको सरकार र भन्सार विभागले सरकारकै स्वामित्वमा रहेको अर्को कम्पनीले आयात गरेको चिनीका विषयमा तत्काल निर्णय नगर्दा साल्ट ट्रेडिङले करोडौं रुपैयाँ नोक्सानमा पर्यो । बन्देज लाग्नु अगाडि नै आयात गरिएको चिनी भन्दै साल्ट ट्रेडिङले भन्सार छुटाउन प्रयास गरिह्यो । तर, भन्सार कार्यालय भने टसमस नै भएन । 

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चिनी उद्योगीले फसाएका कारण आफूले गलत निर्णय गर्न पुगेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै गल्ती गरेको महशुस गर्दै गर्दा सुख्खा बन्दरगाहमा चिनी थन्किएको महिनौं भइसकेको थियो ।

चार महिना १४ दिनसम्म वीरगन्जस्थित सुख्खा बन्दरगाहमा चिनी थन्किएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि भन्सार छुटाइएको हो । साढे चार महिनासम्म सुख्खा बन्दरगाहको गोदाममा चिनी थन्किँदा साल्ट ट्रेडिङले करिब साढे ५ करोड रुपैयाँ बिलम्ब शुल्क तिर्नुप¥यो । भण्डारीका अनुसार त्यसका लागि साल्ट टे«डिङ एक करोड रुपैयाँ नगद र साढे चार करोडको बैंक ग्यारेन्टी बुझाएको छ । त्यसबाहेक यसबीचमा बैंकको ब्याजलगायत जोड्दा साढे ६ करोडभन्दा बढी साल्ट ट्रेडिङलाई नोक्सान भएको भण्डारीको भनाइ छ । 

‘महिनौसम्म चिनी रोकिएर आउँदा चिनीको लागत मूल्य प्रतिकिलो ९७ रुपैयाँभन्दा बढी पुग्यो । तर, बजारमा ७३ रुपैयाँमा बिक्री गर्दा कति नोक्सान भयो त्यो सहजै अनुमान लगाउन सकिन्छ ।’ भण्डारीले भने । करोडौं रुपैयाँ नोक्सानीलाई साल्ट ट्रेडिङले कसरी पूर्ति गर्छ, के सरकारसँग क्षतिपूर्ति माग गरेको हो त रु भन्ने प्रश्नमा भन्डारी भन्छन्–‘यो घाटालाई कसरी पूर्ति गर्ने भन्ने विषयमा हामी मन्त्रालयसँग छलफल गरिरहेका छौं । यद्यपि, कुनै निर्णय भएको छैन ।’

सरकारले निर्णय गर्नु अगाडि नै आयात भइसकेको वस्तु भएकाले यो नोक्सानी कहीँ, कतैबाट सम्बोधन हुनुपर्छ भन्ने पक्षमा साल्ट ट्रेडिङ रहेको छ । भण्डारीले भने–‘शक्तिवद्र्धक पेय पदार्थको आयातमा सरकारले रोक लगायो । तर, पछि संशोधन गर्दै निर्णय पूर्वनै एलसी खोलेर आयात प्रक्रियामा रहेकालाई ल्याउन दिने भन्ने भएको छ । अब साल्ट ट्रेडिङले ल्याइसकेको चिनी रोकिएको हो । यसमा सम्बोधन हुन्छ भन्ने आशा छ ।’

नेपालमा वार्षिक करिब २ लाख ५० हजार टन चिनीको माग हुँदै आएको छ । तर, आन्तरिक उत्पादन भने १ लाख ७५ हजार टनको हाराहारीमा हुँदै आएको छ । बजारमा रहेको एकाधिकार तोड्नका निम्ति र बजार व्यवस्थापन गर्न लागि सरकारले फेरि चिनी आयात गर्ने जिम्मेवारी दियो भने आपूmहरु तयार रहेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस