१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
Bajaj_Bike

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ
LBEF

दाङ । देवः विकास बैंकको दाङस्थित नारायणपुर शाखाका म्यानेजर घोराही उपमहानगरपालिका–१५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

देवः विकास बैंकबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी प्रहरीले पक्राउ गरेको हो । घोराही उपमहानगर १० नारायणपुरशाखाबाट कर्जा स्वीकृति नगराई बुढाथोकीले ऋण प्रवाह गरेको आरोप छ ।

देवः विकास बैंकमा  गाभिनु अघिको वेस्टर्न डेभलपमेन्ट बैंक  २०६७ सालदेखि कार्यरत रहेका उनले ३५ जना नक्कली ऋणि खडा गरीपैसा हिनामिना गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस