aarthiknews.com आइतबार, ०७ असोज २०८०   Sunday, 24 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

पहिरोको कारण यी स्थानको सडक अवरूद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
himalayanlife
पहिरोको कारण यी स्थानको सडक अवरूद्ध
DHI
NIBL

काठमाडौं । मुस्ताङ, थासाङ गाउँपालिका–४ बेनी–जोमसोम-कोरोला सडक खण्डस्थित घोप्टे भिरमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । दैलेख, दुल्लु नगरपालिका–३ र्याखलेखोला,चामुण्डाबिन्द्रासैनी नगरपालिका(९ पादुका र सोही नगरपालिका७ चिसाखोला स्थित कर्णाली राजमार्गमा शनिबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । 
    
दार्चुला, शैल्यशिखर नगरपालिका–६ पनेबांजस्थित गोकुलेश्वर–दार्चुला सडक(खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । दाङ, घोराही उपमहानगरपालिका–१७ सिस्ने खोलास्थित घोराही–बङ्लाचुली सडक खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । 

डडेलधुरा, गन्यापधुरा गाउँपालिका–२ स्थित दिपायल सडक-खण्ड र सोही गाउँपालिका-१ शहुखर्कस्थित धनगढी सडक खण्डमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । नजिकैको प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस