aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

जापानमा काम गर्ने महिलाको तलब बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ असोज २०७९
जापानमा काम गर्ने महिलाको तलब बढ्यो
NIBL

 काठमाडौं । जापान सरकारले निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढाएको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७) अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो । 

जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो । सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो । यो सन् २००२ यताकै उच्च हो तर सन् १९९७ को ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो । 

जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस