aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ असोज २०७९
सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते
ismt college
nabil bank

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।

रा १ ज ७९८ नम्बरको जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीले जानकारी दिए ।

मृत्यु हुनेमा ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन छन् । घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस