aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

कुलमान घिसिङ काठमाडौं–३ बाट स्वतन्त्र उम्मेदवार !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ असोज २०७९
कुलमान घिसिङ काठमाडौं–३ बाट स्वतन्त्र उम्मेदवार !
ismt college
nabil bank

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागि रहेको आम निर्वाचनमा कुलमान घिसिङ काठमाडौंको क्षेत्र नं. ३ बाट उम्मेदवार बन्ने तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि लोकप्रिय बनेका घिसिङलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाउन चाहे पनि उनले भने स्वतन्त्र उम्मेदवार बन्ने इच्छा राखेको बुझिएको छ । 

हाल सत्ता गठबन्धनमा रहेका पाँच दलबीचमा भएको सहमति अनुसार काठमाडौं–३ कांग्रेसले लिने पक्का पक्की भएको छ । तर यदि कुलमानले गठबन्धनको साझा उम्मेदवार बन्न चाहेमा कांग्रेसले छोड्न सक्ने श्रोतको भनाइ रहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा घिसिङ साझा उम्मेदवार बन्ने प्रवल सम्भावना रहेको श्रोत बताउँछ । 

बाहिर विभिन्न चर्चा चले पनि घिसिङले भने यस बारेमा केही खुलाउन चाहेका छैनन् । सकेसम्म निर्वाचन जित्ने माहोल बनेको अवस्थामा मात्र उनी खुलेर लाग्न सक्ने बुझिएको छ । विद्युत प्राधिकरणको नेतृत्वमा आएर लोडसेडिङ हटाएको जस लिएका उनी आफ्नो लोकप्रिय छवि गुमाउने पक्षमा छैनन् । 

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएका बेला विद्युत प्राधिकरणमा आएका घिसिङको कार्यकाल केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सकिएको थियो । घिसिङलाई नै प्राधिकरणको नेतृत्वमा दोहोर्‍याउन तीब्र दबाब भए पनि ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई नेतृत्व दिने निर्णय गरेको थियो । शाक्य ओलीको पारिवारिक निकटका रहेको चर्चा त्यतिबेला थियो ।

प्राधिकरणको प्रमुख चयनको प्रक्रिया चलिरहेका बेला उर्जामन्त्री बनेका नेता टोपबहादुर रायमाझीले बरु लोडसेडिङको नयाँ तालिका आउने तर प्राधिकरणको नेतृत्वमा घिसिङ आउन नसक्ने बताएका थिए । 
ओली नेतृत्वको सरकार सर्वोच्च अदालतले अपदस्त गरेपछि देउवा नेतृत्वको सरकाले उनलाई प्राधिकरणमा ल्याएपछि हालसम्म उनी कार्यरत रहेका छन् । निर्वाचनगमा उम्मेदवार बनेमा उनले प्राधिकरणको जिम्मेवारीबाट राजीनामा दिनु पर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस