aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

आज नवरात्रको छैटौंं दिन, यस्तो छ यसको महत्व र महिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ असोज २०७९
आज नवरात्रको छैटौंं दिन, यस्तो छ यसको महत्व र महिमा
ismt college
nabil bank

काठमाडौं । बडादशैं अन्तर्गत आज नवरात्रको छैटौँ दिन हो । आज आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिए यो पर्व मनाइदैछ । । 

पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् ।  यिनै कात्यायन ऋषिद्वारा पूजित भएकीले यिनको नाम कात्यायनी भएको हो । 

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरबार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन् । यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस