aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ असोज २०७९
पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो
ismt college
nabil bank

काठमाडौं । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । 

साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो । 

दसैँ मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । आजदेखि सरकारी तथा निजी कार्यालय दसँै बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ । 

दशैँ बिदाका दिन विराटनगरस्थित १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालय, थानकोटस्थित बागमती प्रादेशिक कार्यालय, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ । 

यस्तै निगमको झापाको चारआलीस्थित शाखा कार्यालय धनुषास्थित इन्धन बिक्री डिपो, वीरगञ्जस्थित शाखा कार्यालय, दाङस्थित इन्धन डिपो र दिपायलस्थित शाखा कार्यालय बिदाका दिन पनि आवश्यकताअनुसार खुल्नेछन् । 

प्रतिक्रिया दिनुहोस