aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ असोज २०७९
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु
ismt college
nabil bank

काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो ।  

 बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् । मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस