aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सञ्चालनमा नआउँदै बिग्रियो नौ करोडको बसपार्क

  • रासस
    रासस
  • विहीबार, १३ असोज २०७९
himalayanlife
सञ्चालनमा नआउँदै बिग्रियो नौ करोडको बसपार्क
DHI
NIBL

काठमाडौं । आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ ।

 बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चुहिएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको छ । बसपार्कको दायाँबाँया चर्किएको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर सञ्चालनमा आइनसेको आधुनिक बागलुङ बसपार्कको हो । 

रु नौ करोड लागतमा निर्माण सम्पन्न गरिएको बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको छ । निर्माण व्यवसायीको लापारबाहीका कारण सञ्चालनमा नआउँदै बसपार्क मर्मत गर्नुपर्ने अवस्था आइपुगेको छ । 

आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको एक वर्ष मात्रै बित्यो । बसपार्क सञ्चालनमा नआउँदै मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीले बसपार्क निर्माण सम्पन्न गरे पनि बसपार्क हस्तान्तरण भने भएको छैन तर बसपार्कको संरचना भने बिग्रिएको छ । 

बसपार्कको टर्मिनल भवनको बीच भागबाट अन्डरग्राउन पार्किङस्थलमा पानी जमेको छ भने केही भाग प्लास्टरसमेत उप्किएको पाइएपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र नै काटेर मर्मत गर्न लगाएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । 

“बसपार्क हस्तान्तरण त भएको छैन, तर निर्माण भइसकेका संरचना कतै चर्किएको त कतै उप्किएको प्राविधिकबाट जानकारी आएपछि निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मत गर्न भनेका छौँ”, नगर प्रमुख श्रेष्ठले भने, “अहिले निर्माण कम्पनीले बसपार्क मर्मत गरिरहेको छ, तर निर्माण भइसकेको संरचना कसरी बिग्रन पुग्यो, त्यो नगरपालिकाका प्राविधिकले अध्ययन गरिरहेका छन्, पूरै मर्मत नभए अन्तिम भुक्तानी रोक्छौँ ।” 

बागलुङ–४ स्थित दाबगरामा स्थानीयवासीले निःशुल्क दिएको जग्गामा बसपार्क निर्माण भए पनि गुणस्तरमा भने प्रश्न चिन्ह उठेको छ । बागलुङ बजारमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा भए पनि बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको हो । 

बसपार्कको यात्रु प्रतिक्षालयको जस्ता हावाले उडाएपछि बसपार्क टिकाउ नहुने स्थानीयवासीको आशङ्का छ । अहिले बसपार्कको बिग्रको भाग मर्मत निर्माण कम्पनीबाटै भइरहेको नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले जानकारी दिए । 

“स्टमेट अनुसार निर्माण सम्पन्न भइसकेको संरचनामा क्षति पुगेको देखियो, तत्कालै निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मतमा खटाएका छाँैं, बसपार्क पूरै मर्मत नभएसम्म बाँकी रहेको रकम भुक्तानी रोकिनेछ”, गिरीले भने, “हस्तान्तरण नहुँदै बसपार्क मर्मत गर्न थालिनु दुःखद् विषय हो, हस्तान्तरणको एक वर्ष समेत निर्माण व्यवसायीले बिग्रे वा भत्केमा मर्मत गर्नुपर्दछ ।”

निर्माण व्यवसायीले अन्तिम किस्ता रु ३८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस