
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गर्दै बजार अनुगमनलाई जारी राखेको छ । अनुगमनकै क्रममालाई बुधबार महानगरको टोली कुलेश्वर पुगेको छ ।
बुधबार महानगरकी उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा कालीमाटी-कुलेश्वर क्षेत्रमा अनुगमन गरेको छ । अनुगमन गर्ने क्रममा केही पसलमा मिति गुज्रिएको मस्यौरा, खाने तेल, चामल चिउराजस्ता सामग्री फेला परेको थियो । मिति गुज्रेका सामग्री महानगरले जफत गरेको छ ।
अनुगमनको क्रममा पसल दर्ता गरेको नगरेको नवीकरण गरेको वा नगरेको तथा कर तिरेको वा नतिरेको पनि हेरिएको छ । हेर्ने क्रममा पसलको नवीकरण नगर्ने पसललाई छिट्टै नवीकरण गर्नु भन्दै आग्रह गरिएको छ । अनुगमनलाई दैनिक निरन्तरता दिने पनि महानगरले जनाएको छ ।
अनुगमन टोली आएको थाहा पाएपछि कतिपय पसल तथा गोदाममा ताल्चा लगाएर व्यापारीहरू भागेका थिए ।
प्रतिक्रिया दिनुहोस