नेप्सेमा साढे ८ अंकको गिरावट - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

नेप्सेमा साढे ८ अंकको गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
नेप्सेमा साढे ८ अंकको गिरावट
LBEF

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यस दिन नेप्से परिसूचक ८.४३  अंकले घटेर १२१३.६३ बिन्दूमा झरेको छ ।  कुल १६५ कम्पनीको ११ लाख ७७ हजार ६४७ कित्ता शेयर २७  करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिले दिन सोमबार नेप्से सात अंकभन्दा बढीले बढेको थियो ।

कारोबार रकमका आधारमा सोल्टी होटल अगाडि रहेकोे छ । सो कम्पनीको ४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै मंगलबारको कारोबारबाट सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ५.६२ प्रतिशतले वृद्धि भएको छ । उता, सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी लगानीकर्ता रहेका छन् । सो कम्पनीको शेयर मूल्य ९.५६ प्रतिशतले घटेको छ ।  मंगलबार कारोबारमा आएका समूहमध्ये व्यापार र सामूहिक लगानी कोष समूहको परिसूचक बढेको छ भने अन्य सबै समूहको सूचक घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस