aarthiknews.com सोमबार, १९ मंसिर २०७९   Monday, 05 December, 2022
 
British College
Blue Diamond

थप ५४ जनामा कोरोना संक्रमण हुँदा ७६ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
थप ५४ जनामा कोरोना संक्रमण हुँदा ७६ जना निको भए
ismt college
nabil bank
LBF

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२ एन्टीजेन परिक्षण गर्दा १२ गरी जम्मा ५४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा ७६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा तीन हजार ८२९ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या एक हजार १४४ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस