
कैलाली । सुन्दर सुदुरपश्चिमाञ्चलकै मुटु कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पूर्व–पश्चिम राजमार्गबाट करिब ५०० मिटर दक्षिण भित्र जाने मुख्य सडकबाटै देखिन्छ ढकाल कृषि फार्म र त्यसैको छेउमा एउटा चिटिक्क परेको किराना पसल छ । यो कृषिफार्म हो टुका देवी ढकाल को । उनी अहिले आफ्नो परिवार सहित व्यावसायिक रुपमा गाई–भैसी पालन र किराना पसल संचालन गर्दै आएकी छिन् ।
टुका देवीले अहिले व्यावसायिक रुपमा गाई–भैसी पालन गरी घर–व्यवहार चलाएर समेत राम्रै आम्दानी गरिरहनु भएको छ भने आफू तथा आफ्नो श्रीमान र बुहारीहरुलाई समेत स्वरोजगार बनाएकी छिन् । उनी हिजोका कष्टपुर्ण दिनहरु सम्झदै भन्छिन्, “मलाई आजको अवस्थामा पुर्याउनुमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीको ठूलो हात रहेको छ । काम गर्ने इच्छा जागर भएमा कमाई गर्न विदेशनै जानु पर्छ भन्ने छैन, स्वदेशमा नै केही गर्न सकिन्छ ।”
वि.सं.२०२४ साल जेठ ३० गते बुबा टिका राम पाण्डे र आमा महेश्वरी पाण्डेको कोखबाट लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला देवदह नगरमा पहिलो सन्तानको रुपमा जन्मिएकी टुका देवीले सामान्य लेखपढ मात्र गरेकी छिन् । २०७५ भदौ १५ मा ग्लोवल आइएमई लघुवित्त संस्थाको शाखा कार्यालय मसुरिया अन्तर्गत केन्द्र नम्बर–०४५ मा आबद्र भएपछि उनले पहिलो पटक २०७५ भदौ २२ मा बिनाधितो कर्जा ६० हजार रुपैयाँ लिई एउटा भंैसी किनेर भैसी पालन सुरु गरेकी थिइन् ।
अहिले आफ्नो फार्ममा ७ वटा भैसी, ३ वटा पाडा, २ वटा गाई, २ वटा बाच्छी र ३ वटा बाख्रा पालन गरी मासिक रुपमा ५० हजार आम्दानी गर्छिन् । ग्लोबल आईएमई लघुवित्तमा बसेर कर्जा पहिलो पटक बिनाधितो कर्जा ६० हजार लिएको र आवश्यकता अनुसार पटक पटक बिना धितो कर्जा लिएकी छिन् ।
हाल उनले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट ३ लाख उपभोग गरिरहेकी छिन् । ब्यवसाय संचालन गर्नका लागि चाहिने पूँजी ब्यवस्था गर्नका लागि पर्याप्त श्रोत नहुनेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराई ब्यवसाय संचालन गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेलेको कुरा उनी ब्यक्त गर्छिन् ।
प्रतिक्रिया दिनुहोस