aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

यसरी दिन सकिन्छ चाडपर्वमा खानपानको ध्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ असोज २०७९
यसरी दिन सकिन्छ चाडपर्वमा खानपानको ध्यान
ismt college
nabil bank

काठमाडौं । चाडपर्वमा खानपानले बढी महत्वपाउने गर्छ । दशैंमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ । तर, यसले हृदयघात, मस्तिष्कघात जस्ता रोगको सम्भावना बढाउने गर्छ ।

विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन । बढी चिल्लो र कोलेस्ट्रोल युक्त खाने कुराले रक्तचाप, हृदयघात, मस्तिष्कघात र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । त्यस्तै पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपन जस्ता रोग लाग्ने सम्भावना अधिक हुन्छ । 

त्यसैले चाडबाडमा रमाइलोसँगै हामीले खानपानमा पनि ध्यान दिनुपर्छ । जसकारण हामीले रातो मासु कमखाने, तारेको खानेकुरा नखाने, प्याकेट वाबोतलका जुस प्रयोग नगर्ने, चिनी घिउ र क्रिमको प्रयोग कमगर्ने र फलफूल र सागसब्जी धेरै खाने गर्नुपर्छ ।
 

प्रतिक्रिया दिनुहोस