aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

विदेशी मुद्रा अपचलनको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ असोज २०७९
विदेशी मुद्रा अपचलनको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर
NIBL

काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले विभिन्न देशबाट अवैधरुपमा विदेशी मुद्रा ल्याएको आरोपमा विभिन्न अदालतमा तीन जना विरुद्ध मुद्दा दायर गरेको हो ।    

विभागका अनुसार  भारतिय नागरिक घनश्याम भाई पटेल, नवलपरासीका आन्दन प्रसाद कलवार, बेल्जियम नागरिक गैरआवासीय नागरिक सत्तमान पुन विरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर गरिएको हो । अमेरिकी डलर तीन हजार ६ सय पाउण्ड स्ट्रलिङ दुई हजार १३० युरो, चार हजार चार सय ६५ युएई दिराम, ४ हजार ६५० केन्या सिलिङ्स अवैध मुद्रा ल्याउँदै गरेको अवस्थामा घनश्याम भाइ पक्राउ परेका थिए । उनी विरुद्ध ६ लाख ३५ हजार ४ सय रुपैयाँ जरिवानासहित बरामद भएको सम्पूर्ण मुद्रा जफत गरि कारवाही माग सहित मुद्दा दायर गरिएको छ ।  

त्यस्तै, आनन्द प्रसादले भन्सार सो घोषणा गरेको रकम भन्दा बढी अमेरिकी डलर बोकेको आरोपमा विदेशी विनिमय अपचलन गरेको आरोपमा धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

त्यसैगरि, सत्तमान पुनले तोकिएको भन्दा बढी विदेशी मुद्रा ८ हजार २३० युरो बोकेको आरोपमा मुद्दा दायर गरिएको छ । पुनलाई ४ लाख ३१ हजार ८९३ रुपैयाँ विगो कायम गरि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस