
काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एक मात्रआधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ“बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट”योजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजनाहुने यो एक्स्चेन्जयोजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ ।
यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँबाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसनभन्दा रु. ७००० थप मुल्य पनि पाउन सकिने कम्पनीले बताएको छ । सरल किस्ता बन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७००० सम्मको नगद छुट पनिप्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।
यस एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसे सरिजहरु पनि पाउन सक्नेछन् । अशोज७गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममापल्सर एन सिरिज पनि सार्वजनिकगरिने योजना रहेको छ।
प्रतिक्रिया दिनुहोस