aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

युरोपबाट आइपुगे पाइलट, अक्टोवर १ देखि हटएयर बलुन पुनः सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
Global IME
युरोपबाट आइपुगे पाइलट, अक्टोवर १ देखि हटएयर बलुन पुनः सञ्चालनमा
DHI
nmb

पोखरा । पोखरामा हट एयर बलुन अक्टोबर १ (असोज १५) देखि पुनः सञ्चालनमा ल्याउने गरि तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुन सुचारु गर्न  युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए ।

‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्,’ उनी भन्छन् ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामिले युरोपबाट बोलाउनु परेको हो ।’

बलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ ।  उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई ८ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए ।

बलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर कोभिडका कारण केही समय बन्द गरिएको थियो । आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिने छ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस