शीर्षकहरू

बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्को नाममा दान गरिएको गाडी निर्देशकका श्रीमतीको नाममा कसरी आयो ?

बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्को नाममा दान गरिएको गाडी निर्देशकका श्रीमतीको नाममा कसरी आयो ?

काठमाडौं । बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरले परिषद्को नाममा दान गरिएको जीप त्यहाँ कार्यरत एक कर्मचारीले आफ्नो श्रीमतीको नाममा पास गरेको पाइएको छ । परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरले परिषद्को नाममा दान गरिएको गाडी आफ्नो श्रीमतीको नाममा पास गरेको देखिएको हो ।    

दोलखाको विगु गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय जेन्डिल शेर्पाले परिषद्को नाममा एक जीप दान गरेका थिए । उनले वि. सं. २०७६ साल कात्तिक १४ गते बा १३ च २०३७ गाडी परिषद्ले धार्मिक, साँस्कृतिक र सामाजिक कार्यका लागि प्रयोग गर्न भनी लिखित कागजसहित हस्तान्तरण गरेका थिए । उनले हस्तान्तरण गर्दा लेखिएको कागजमा भनिएको छ, ‘उक्त जीप बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुरधामबाट धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कार्यालयको प्रयोजनका निमित्त मात्र प्रयोग गर्नु पर्ने छ ।’ 

तर, निर्देशक ठाकुरले दान गरिएको उक्त जीप आफ्नो श्रीमतीको नाममा पास गराएको परिषद्का एक कर्मचारीको भनाई छ । उता, निर्देशक ठाकुर भने उक्त आरोप अस्वीकार गर्छन् । 

‘आफूले श्रीमतीको नाममा जीप पास गराएको भन्ने मैले पनि हल्ला सुनेको हो । मैले उक्त जीप दान गरेको चलाएको होइन । किनेको हो’, उनले आर्थिक न्युज डटकमसँग भने, ‘मैले खरिद गरेको गाडीको मालिक पनि यही हुनुहुन्छ । मैले खरिद गरेको यो गाडीको पहिलेको मानिससँग म बारम्बार सम्पर्कमा छु । म जहाँ जोसँग गएर भन्नु पर्ने हो त्यसका लागि तयार छु । यो गाडी दानमा आएको होइन मैले किनेको हो ।’ 

जीप दान गरेको सम्बन्धी कागजातबारे प्रश्न गर्दा ठाकुर भन्छन्, ‘त्यो कागजात कहाँबाट कसरी आयो भन्ने मलाई कुनै जानकारी छैन । उक्त कागजातबारे मैले सोध्दा नै उहाँलाई कसले कसरी बनाएर लग्यो भन्नेबारे जानकारी नै छैन भन्नु हुन्छ । त्यो कागजातमा एकपक्षीय हस्ताक्षर मात्रै छ । परिषद्बाट कसैको हस्ताक्षर छैन ।’ आफूले प्रयोग गरिरहेको गाडी आफूलाई फसाउनका लागि कसैले झुक्याएर एकतर्फी कागजात बनाएको निर्देशक ठाकुरको भनाई छ ।    

 

प्रतिक्रिया