aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

निफ्राले यस वर्ष ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
himalayanlife
निफ्राले यस वर्ष ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने
DHI
NIBL

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट यस वर्ष ४ दशमलव २१०५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २१ ऋर्ब ६० करोडको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात् गत वर्षदेखि कम्पनीले लाभांश वितरण गर्न सुरु गरेको हो । गत वर्ष भने कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष भने कम्पनीको लाभांशमा कमि आएको छ ।

प्रतिक्रिया दिनुहोस