
काठमाडौं । सशस्त्र प्रहरीले एकै पटक ठूलो संख्यामा प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा आवेदन माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा भर्ना गरिने भन्दै सशस्त्र प्रहरीले १५२ इन्सपेक्टर र असईको आवेदन माग गरी शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।
७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस