aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
himalayanlife
विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ
DHI
NIBL

काठमाडौं । विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ । सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ । मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ ।

इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन् । सानुबाबु सुनारको नेतृत्वमा रहेको उक्त टोलीले चार हजार आठ सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट सोमबार पहिलो परीक्षण उडान गरेको थियो । 

आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड (ग्याबु) शेर्पाका अनुसार आठ हजार मिटरभन्दा अग्लो हिमालबाट पहिलो पटक प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन हुन लागेको हो ।

यस कामले मनास्लुमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा अनुसन्धान, हिमाली पर्यटनको प्रवद्र्धन, साहसिक खेलको सम्भावना उडान र अवतरणका लागि उपयुक्त ठाउँको खोजी, प्राविधिक अध्ययनको खोजी गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस