aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

यसपालीको दसैं र तिहार, रेमिट्यान्स नआए कसरी मान्ने ?

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, ०७ असोज २०७९
Sanima Bank
यसपालीको दसैं र तिहार, रेमिट्यान्स नआए कसरी मान्ने ?
LBF

दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विशेषगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाबले होस् वा आयात गरीएका वस्तु तथा सेवा खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ । खबौंमा भित्रिने रेमिट्यान्सलाई आजसम्म पनि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत रुपमा अनावश्यक क्षेत्रमा खर्च हुने गरेको छ ।

अनौपचारिक रुपमा रोजगारका लागि विदेशिएका नेपाली युवाको संख्या ४५ लाख भन्दा धेरै रहेको छ । तर, सरकारबाट श्रम स्विकृती लिएर जानेको संख्या कुल १५ लाख रहेको छ भने वार्षिक करिव साढे ४ देखि ५ लाख नेपाली रोजगारका लागि विदेशिने गरेका छन् । पछिल्लो समय यो संख्या वृद्धि भएर साढे लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस