
काठमाडौं । बिल विजकभन्दा बढी खुद्रा तथा औषधीसामाग्रीहरू बोकेको दुई वटा ट्रक पक्राउ परेका छन् । पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक पक्राउ परेको हो । नेपाल ट्रासपोर्टबाट पठाईएको ट्रकमाविल बिजक संकास्पद देखिएको प्रहरीले जनाएको छ। उक्त ट्रक नियन्त्रणमा एकानव्वे लाख एकाउन्न हजार आठ सय बाइस रुपैयाँ बराबर मूल्याङ्कनको सामान जफत गरि आवश्यक कारवाहीको विहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले बताएको छ।
साथै,बिल विजकभन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू बोकेको ट्रक पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ माईस्थानचोक स्थित सडकखण्डमा ना ७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रक पक्राउ परेको छ । जाँच गर्ने क्रममा पशुपति ट्रासपोर्टबाट पठाईएको मिनी ट्रकमा विल बिजक संकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ । उक्त ट्रक नियन्त्रणमा लिई पचास लाख उन्नचालीस हजार एक सय चौबीस रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि विहीबर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस