aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

थपिने कोरोना संक्रमित भन्दा निको हुने धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
Sanima Bank
थपिने कोरोना संक्रमित भन्दा निको हुने धेरै
LBF

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ६६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५९ एन्टीजेन परिक्षण गर्दा ७ गरी जम्मा ६६ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा १३७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १६ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा तीन हजार २६२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ४०५ जना रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस