कति निर्दयी ! कुट्दै भिडियो खिच्दै - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

कति निर्दयी ! कुट्दै भिडियो खिच्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
कति निर्दयी ! कुट्दै भिडियो खिच्दै
LBEF
NCH-IPS


मोरङको बूढीगंगा गाउँपालिका ४ पोठियाकाम १७ वर्षीय एक किशोरलाई गाउँकै युवाले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन् ।

कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो । मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

नउसादमाथि बूढीगंगा ४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बुढीगंगा ५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनाको भिडियो पनि बाहिर आएको छ । यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस