aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

बैंकहरुले बढाएको व्याजदरप्रति अर्थमन्त्री असन्तुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
Sanima Bank
बैंकहरुले बढाएको व्याजदरप्रति अर्थमन्त्री असन्तुष्ट
LBF

काठमाडौं । बैंकहरुले वृद्धि गरेको व्याजदरप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट देखिएका छन् । बिहीबार काठमाडौंको भुकुटीमण्डमा आयोजित पहिलो विद्युतीय सवारी साधनहरुको प्रदर्शनीको ‘नाडा इभि एक्स्पो २०२२’ काे उदघाटन गर्दै अर्थमन्त्रीले यस्तो असन्तुष्टी व्यक्त गरेका हुन । उनले बैंकहरुप्रति लक्षित गर्दै भने निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदर बनाएपछि उद्योगमा लगानी कसले गर्छ ? 

बैंकहरुले वृद्धि गरेको ब्याजदरका बारेमा मन्त्रालयमा समेत छलफल गरिने अर्थमन्त्री शर्माले बताएका छन् । उनले भने, ‘यो आर्थिक वृद्धिका लागि निक्कै घातक छ यसका बारेमा मन्त्रालयका सचिवसहितको टोलीमा छलफल हुन्छ ।’

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भएको उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण समेत सहभागी रहेको छ । उक्त एक्स्पोमा अमेरिकन डोनर संस्था युएसएडले विद्युतीय सवारी साधनको साक्षरताका लागि इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सन्चालन गर्ने आयोजकले जनाएको छ । 

नाडा इभी एक्स्पो २०२२ ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहेका छन् । एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस