aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

सिक्लेस हाइड्रोपावरको आईपीओ प्रि अलोटमेन्ट शुक्रवार, अन्तिम बाँडफाँट मंगलवार गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
Global IME
ime Limited
सिक्लेस हाइड्रोपावरको आईपीओ प्रि अलोटमेन्ट शुक्रवार, अन्तिम बाँडफाँट मंगलवार गर्ने तयारी
DHI
nmb

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको आईपीओको प्रि–अलटमेन्ट शुक्रवार गर्ने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलले शुक्रवार आईपीओको प्रि–अलोटमेन्ट गर्ने जानकारी दिएको हो । 

प्रि–अलोटमेन्ट सम्पन्न पछि आगामी मंगलवार अन्तिम बाँडफाँटको तयारी रहेको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ खरीदका लागि मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । कम्पनीकोे आईपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकले १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन दिएका हुन ।  

कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म १० लाख ५८ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । उक्त शेयरको बाँडफाँटको तयारी कम्पनीले गरेको हो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको समेत ११ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्तामध्ये ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीहरूको लागि र ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

सर्वसाधारणमा आईपीओ जारीगर्नु अघि कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा कम्पनीले ८ लाख ५० हजार कित्ता आईपीओ बाँडफाँट गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस