aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

घरायसी सामानमा चाडपर्व लक्षित अफर: क्यासब्याकदेखि उपहारै उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
Sanima Bank
घरायसी सामानमा चाडपर्व लक्षित अफर: क्यासब्याकदेखि उपहारै उपहार
LBF

काठमाडौं । दशैं नजिकिएसँगै विभिन्न कम्पनीहरुले धमाधम अफरहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना कम्पनीका सामानहरू खरिद गर्दा ग्राहकलाई विभिन्न छुटदेखि उपहारसम्मका अफरहरू ल्याएका हुन् । कम्पनीहरुले चाडपर्वको मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । घरायसी सामानहरूको बिक्री वितरण गर्ने कम्पनीहरुले पनि चाडपर्वलाई लक्षित गरेर विभिन्न अफरहरू छन् । कम्पनीहरुले दशैं तिहार र छठ पर्वका लागि नगद छुटदेखि आकर्षक अफर तथा लक्की ड्र मा बम्पर अफर लगायतका विभिन्न अफरहरू सार्वजनिक गरेका छन् । 

हेरौँ, कुन कम्पनीका कस्ता अफर ?    

सामसुङः ‘उत्साह चाडपर्वको, सम्बन्ध जीवनभरको’

नजिकिँदै गरेको चाड दशैंलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘उत्साह चाडपर्वको, सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताले निःशुल्क इन्स्टलेसन लगायत ३० प्रतिशतसम्म क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् ।  

असोज १ गतेदेखि सुरु भएको यो अफर कार्तिक २९ गतेसम्म चल्नेछ । यो अफर अन्तर्गत प्रयोगकर्ताले आफ्ना पुराना सामसङका विद्युतीय सामग्रीहरू ३० प्रतिशत छुटमा नयाँ सामग्रीसँग साट्न सकिन्छ । यो अफर सामसङको टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ। सामसङ टिभीहरू मार्फत, प्रयोगकर्ताले सामसङको प्रिमियम रेन्जका टिभीहरू मध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्ड बार सहित आफ्नो खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

यस्तै सामसङको रेफ्रिजेरेटरको खरिदमा २५ प्रतिशतसम्म छुट र सामसङ वासिङ मसिनको खरिदमा २२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । अफर अन्तर्गत ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभी खरिद गर्दा १५ प्रतिशतसम्मको क्यासब्याकको साथमा निःशुल्क साउन्ड बार पाउन सकिनेछ । त्यस्तै सामसङ फ्रेम मोडलको टिभीको खरिदमा निःशुल्क साउन्ड बार सहित साथमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ भने क्युएलईडी टिभीहरूको प्रत्येक मोडलमा निःशुल्क साउन्डबारको  साथमा १९ प्रतिशतसम्मको छुट पाउन सकिनेछ ।  

फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडलहरू देखि ५५१ लिटरसम्म क्षमताका मोडलहरूमा रेफ्रिजेरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ । यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजेरेटरमा पनि २१ प्रतिशत छुट पाउन सकिन्छ । एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ भने ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिनेछ । 

स्काइवर्थः ‘क्यासब्याक दनादन उपहार टनाटन’  

केएलदुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्नेछन् । स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरू उपलब्ध गराउँदै आइरहेको छ । विगत ५ वर्षदेखि स्काइवर्थ नेपालमा लोकप्रिय छ ।

एलजीः ‘चाडपर्वको समय उपहार र नगदमय’

एलजीले दशैं तिहार २०७९ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘चाडपर्वको समय उपहार र नगदमय’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एलजीका घरायसी सामान र होम इन्टरटेनमेन्ट उपकरण खरिदमा विशेष नगद छुट तथा उपहारहरू पाइने भएको छ ।

टिभी, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरूले नगद छुट प्राप्त गर्न सकिने एलजीका लागि नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । त्यस्तै ग्राहकले एलजी साइड–बाइ–साइड फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा इलेक्ट्रिक कुकर वा ओभन, डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्यास स्टोभ वा ह्याण्ड ब्लेन्डर र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा नगद छुट प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ । 

त्यस्तै, एलजी डिशवासरको खरिदमा डिशवासर कीट प्राप्त गर्न सकिने छ । एलजी माइक्रोवेभ ओभन खरिदमा खाना पकाउने कीट निःशुल्क र एलजी भ्याक्युम क्लिनरको खरिदमा नगद छुट पाइनेछ । एलजी वाशिङ मसिन फ्रन्ट लोड (९ केजीमाथि) वासर ड्रायर को खरिदमा इन्डक्सन कुकर वा फ्यान हिटर, वाशिङ मसिन फ्रन्ट लोड (८ केजीसम्म) को खरिदमा ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मेशिन टप लोडको खरिदमा ड्राइ आइरन निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै एलजी स्पील्ट रेसिडेन्सियल एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ४ हजारको निःशुल्क इन्स्टलेसन सेवा पाइने छ । साथै पीएम १.० एयर प्युरिफायरको खरिदमा इलेक्ट्रिक प्रेसर कुकर प्राप्त गर्नेछन् । यो योजना देशभर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ । 

गोदरेजः ‘क्यासप्राइस’ 

भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले यसपालिको दसैं तिहारलाई लक्षित गर्दै ‘क्यासप्राइस’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले गोदरेज होम अप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्नेछन् । यो अफर भदौ ९ गतेदेखि समिति अवधिका लागि नेपालभर पाइने कम्पनीले बताएको छ । 

गोदरेजको सामान खरिदमा ग्राहकले २६ प्रतिशत सम्मको अधिकतम छुट पाउने छन्। यसका साथै अन्य आकर्षक उपहारहरू पनि राखिएको छ । फ्रन्ट लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै छ केजी वासिङ पाउडर र टप लोड वासिङ मेसिन खरिदमा आकर्षक छुट पाइन्छ । 

तीन केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाइने  कम्पनीले बताएको छ । त्यस्तै सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा दुई केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाइने छ । माइक्रो ओभन, रेफ्रिजेरेटर, एअरकुलर, छोटुकुल, चेस्टफ्रिजरलगायत सामग्री किन्दा पनि आकर्षक छुट पाइन्छ । 

एसीमा आकर्षक छुट र चार हजार रुपैयाँ बराबर को निःशुल्क एसिजडान सुविधा कम्पनीले उपलब्ध गराउँछ । फ्रि डेलिभरीको व्यवस्थाका साथै शून्य प्रतिशत फाइनान्स सुविधा पनि उपलब्ध छ । 

नेपाल वाल प्लास्टः ‘दशैं सौगात’ 

ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरूको महान् चाड बडा दशैंलाई लक्षित गरेर ‘दशैं सौगात’ नामक योजना बजारमा ल्याएको छ । ‘निर्माण गुणस्तरमा, मोबाइल पकेटमा’ नाराका साथ यो योजना असोज ३ गतेदेखि कार्तिक १३ गते सम्मको लागि सञ्चालन गर्न लागिएको जनाएको छ । 

यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरूप रियलमीको सी ३० मोबाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यस योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागु हुनेछ । 

केन्ट आरओः ‘दशैं–तिहार अफर: हरेक खरिदमा उपहार’

केन्ट आरओले पनि ‘दसैं–तिहार अफर: हरेक खरिदमा उपहार’ योजना ल्याएको छ । नेपालमा केन्ट उत्पादकहरूको आधिकारिक वितरक ईओएल प्रालिले चाडपर्वलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणमा परिचित केन्टले कुनै पनि आरओ खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिने जनाएको छ ।  

केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याक्युम क्लिनर, कीटनाशक उपकरण/डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध छन् । यो योजना भदौ १३ देखि देशभर सीमित अवधिका लागि रहनेछ ।  

सेन्साइः ‘३ को झट्का’ 

नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले ‘३ को झट्का’ नामक योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत २ भाग्यशाली ग्राहकले एप्पलको आइफोन १३ जित्न सक्नेछन् । तीन भाग्यशाली ग्राहकले एप्पलको आइप्याड १०.२ जित्न सक्नेछन् । बम्पर लक्की ड्रमार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भीथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । 

साथै सेन्साईले आफ्ना सामानमा विभिन्न किसिमका वारेन्टी र निःशुल्क डेलिभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामान खरिद गरेपछि ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन ‘एसईएनएसईआई’ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस गर्नुपर्नेछ । 

 

प्रतिक्रिया दिनुहोस