aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
Sanima Bank
यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि लागू गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युरो एकको खरिद दर १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ३३ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्री दर ८५ रुपैयाँ ६३ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस