aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

आयोगमा ४८ दलले बुझाए समानुपातिकको बन्दसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ असोज २०७९
Sanima Bank
आयोगमा ४८ दलले बुझाए समानुपातिकको बन्दसूची
LBF

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागि रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले सोमबारसम्म दिएको समयभित्र दलहरुले बन्दसूची बुझाएका हुन् । 

आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले आज विहान ५ वजेसम्म ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएको जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस