
काठमाडौं । उद्योगी व्यवसायीलाई सरकारले विभूषित गर्ने घोषणा गरेको छ । विभिन्न पेशा व्यवसाय र क्षेत्रका व्यक्तिसँगै ६५ जना उद्योगी व्यवसायीलाई संविधान विदसको उपलक्षमा विभूषित गर्न लागेको हो ।
सरकारले विभूषित गर्ने घोषणा गरेका व्यक्तिहरूमा उद्योगी व्यवसायीमा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ समुहका अध्यक्ष चन्द्रपैसाद ढकाल, जगदीशप्रसाद अग्रवाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका,नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, मुरलीधर रुङ्गटा रहेका छन् ।
त्यस्तै, नरेश श्रेष्ठ, होटल एसोसिएसनकी अध्यक्ष सिर्जना राणा, नेपाल ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष खुमबहादुर सुवेदीदेखि स्व. प्रभाकर शमशेर जबरासम्म परेका छन् ।
प्रतिक्रिया दिनुहोस