
काठमाडौं । अमेरिकाको एक कम्पनीका कर्मचारीले आफ्नो बढुवा नगरेको भन्दै आफ्नै हाकिमको परिवार सखाप पारिदिएका छन् । अमेरिकामा रहेको ‘यलफिल्ड सर्भिसेज कम्पनी’मा कार्यरत ५८ वर्षीय चिनियाँ नागरिक फाङ लुले माओयेको परिवारका चार जनाको सामूहिक हत्या गरेका हुन् ।
फाङ लुले सन् २०१४ मा आफ्ना हाकिम माओयेसहित उनकी पत्नी तथा एक छोरा र छोरीको गोली हानेर हत्या गरेको सीबीएस न्युजले जनाएको छ ।
उनी हाकिमको परिवारको हत्या गरेपछि आरोप अस्वीकार गर्दै चीन गएका थिए । उनी चीन गए पनि अमेरिकी प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको थियो । ली आठ वर्षपछि फेरी अमेरिका फर्किएपछि प्रहरीले पक्राउ गरेको थियो । त्यसक्रममा भने लीले आरोप स्वीकार गरेका छन् ।
उनले काम गरेको लामो समयसम्म पनि आफूलाई बढुवा नदिएको र आफ्नो ज्यादै अपमानको महसुस भएपछि गोली हानेर परिवारै सिध्याइ दिएको प्रहरीलाई बयान दिएका छन् ।
घटना भएका बखत माओये, उनकी पत्नी नौ वर्षकी छोरी र सात वर्षका छोरा फरक फरक कोठामा मृत फेला परेका थिए । सबैको टाउकोमा गोली प्रहार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस