aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
Citizen life

लोग्नेको हत्याराबाट पैसा असुल्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise
HIb
लोग्नेको हत्याराबाट पैसा असुल्ने पक्राउ
LBEF

  भोजपुर ।  लोग्ने हत्या भएको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।     
     
 घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ । घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग  तीन लाख मागेको बयानमा उल्लेख छ । केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले  दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । लोग्नेको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा एक लाख ७० हजार र ३० हजार सासूलाई भैँसी किन्न दिएको प्रहरीलाई  बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस