नेको इन्योरेन्सले १३ प्रतिशत नाफा बढायो - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

नेको इन्योरेन्सले १३ प्रतिशत नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise bank
नेको इन्योरेन्सले १३ प्रतिशत नाफा बढायो
LBEF
NCH-IPS

काठमाडौं । नेको इन्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १३ प्रतिशतभन्दा बढी नाफा गरेको छ ।  कम्पनीले  गत आर्थिक वर्षको तुलनामा खुद नाफा ३४ करोड ३६ लाख ४६ हजार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले अघिल्लो वर्ष ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
यसपटक  कम्पनीको खुद बिमा शुल्क  १ अर्ब १४ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष  ९८ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
बीमा कोषमा ६० करोड ७४ लाख रुपैयाँ राखेको  कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको छ । त्यस्तै रिजर्भ फन्डमा ४६ करोड ३७ लाख  पुगेको छ  भने प्रतिशेयर आम्दानी २९ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ  १९५ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस